नेप्से ओरालो लाग्दा शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो

नेप्से ओरालो लाग्दा शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौँ : साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १९७५ अङ्कमा झर्यो। आइतबार नेप्से २६.८ अङ्कले घटेर १९७५ अङ्क कायम हुँदा सेन्सेटिभ सूचकका साथै सबै उपसमूह ओर्लिए।

आइतबार दिनभर कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार मात्र भयो । कुल २६ कम्पनीको मूल्य बढ्दा १८६ वटा कम्पनीको सेयर मूल्य घट्यो। छ कम्पनीको सेयर मूल्य स्थिर भयो।

आइबार बैङ्किङ २२, विकास बैङ्क ५२, फाइनान्स २८, होटेल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बिमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बिमा ११९, अन्य ८ र व्यापार उपसमूह २४ अङ्क घटेको थियो ।

हिमालयन बैङ्कको मूल्य ६.३ प्रतिशत घटेको थियो। नेपाल इन्स्योरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, लुम्बिनी जनरल इन्स्योरेन्स, निफ्रा र ङादी ग्रुप पावरको मूल्य अगाडि रह्यो ।

नेप्से ओरालो लाग्दा पनि शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। युनिक नेपाल लघुवित्तको ४ र नाडेप लघुवित्तको ३ प्रतिशत बढेको थियो।

फागुन २८, २०७९ आइतबार १८:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।