स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने

स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन्।

बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकपछि उनले भने, ‘हाम्रा संसदहरूको एक मत छ, तर निर्वाचन आचारसंहिताका कारण यो गर्ने त्यो गर्ने भन्न पाउँदैनौं।’

नेताहरुका अनुसार बैठकमा पछिल्लो समय राष्ट्रपतिको भूमिकाबारे समेत समीक्षा भएको थियो। र औपचारिक निर्णय नभए पनि पौडेललाई मत दिन सबै सहमत भएको एक नेताले बताए।

रास्वपाका प्रतिनिधि सभामा १९ जना सांसद छन्।

फागुन २५, २०७९ बिहीबार १३:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।