राष्ट्रपति निर्वाचनमा भोट हालेर निस्कँदै गर्दा लडेर सांसद् न्यौपाने घाइते

राष्ट्रपति निर्वाचनमा भोट हालेर निस्कँदै गर्दा लडेर सांसद् न्यौपाने घाइते

काठमाडौं : राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्कँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन्।

मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा सिँढीमा लडेका हुन्। टाउकोमा चोट लागेपछि सांसद् न्यौपानेलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ।

७१ वर्षका न्यौपाने मधेश प्रदेश सभाको सबैभन्दा ज्येष्ठ सदस्य पनि हुन्। न्यौपाने सप्तरी-४ को प्रदेश सभा १ बाट एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

सांसद् न्यौपाने एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ। राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

फागुन २५, २०७९ बिहीबार १२:५९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।