लिङ्देन भेट्न राप्रपा कार्यालयमा पौडेल, सहयोग गर्न आग्रह

लिङ्देन भेट्न राप्रपा कार्यालयमा पौडेल, सहयोग गर्न आग्रह

काठमाडौं : नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेका हुन्।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए।

‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरुसँग हामीलाई सहयोग गर्न भन्यौं’, उनले भने, ‘उहाँहरूले अग्रिम शुभकामना दिनुभयो। उहाँहरूले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ। सकारात्मक जवाफ आएको छ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तीव्र बनाइरहेका छन्।

फागुन २२, २०७९ सोमबार २०:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।