नेम्वाङलाई राष्ट्रपतिमा जिताउन एमालेको प्रशिक्षण

नेम्वाङलाई राष्ट्रपतिमा जिताउन एमालेको प्रशिक्षण

काठमाडौं : तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको छ।

प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन्। सोमबार रातिदेखि राष्ट्रपतिकाे निर्वाचनका लागि मौन अवधि सुरू हुँदैछ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी भए।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। उनलाई राष्ट्रपतिमा भोट दिनका लागि पार्टीले प्रशिक्षण चलाएको हो।

नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्।

निर्वाचन फागुन २५ गते विहान १० देखि दिउँसाे ३ बजेसम्म काठमाडौंमा हुनेछ। यसपटक राष्ट्रपतिकाे निर्वाचन काठमाडौंमा मात्र हुनेछ। यसअघि सातै प्रदेशमा निर्वाचन भएको थियो।

फागुन २२, २०७९ सोमबार १७:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।