पाैडेललाई राष्ट्रपति बनाउन कर्णालीमा आठ दलको अभिमुखिकरण

पाैडेललाई राष्ट्रपति बनाउन कर्णालीमा आठ दलको अभिमुखिकरण

सुर्खेत : आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन  सुर्खेतमा अभिमुखिकरण गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका आठ दलले आफ्ना प्रदेश, संघीय संसद अन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई प्रशिक्षण दिनका लागि अभिमुखिकरणको आयोजना गरेका हुन्।

अभिमुखिकरणमा नेपाली कांग्रेसका उप-सभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका शीर्ष नेताहरूको सहभागिता थियो।

शीर्ष नेतृत्वले आफ्ना सांसदहरूलाई बदलिँदो राजनीतिक अवस्था, भावी रणनीतिका साथै राष्ट्रपतिमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेललाई राष्ट्रपतिमा विजयी गराउन निर्देशन दिएका थिए।

राष्ट्रपतिको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा फागुन १२ गते बनेको आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन्।

फागुन १९, २०७९ शुक्रबार १८:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।