शेयर बजारमा सामान्य गिरावट, हिमालय डिस्टिलरीमा झुम्मिए लगानीकर्ता
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आयो।
सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा आइपुग्दा 'क' वर्गका कम्पनीको करोबार मापक सेन्सेटिभ परिसूचक ०.८५ अंकले घटेर ३८३ विन्दुमा झर्यो।
उप-सूचक समूहमध्ये पाँच समूह बढ्दा बाँकी आठ समूह घट्न गयो। सबैभन्दा बढि फाइनान्स समूह घट्दा होटल तथा पर्यटन समूह सबैभन्दा बढि १.३८ प्रतिशतले बढ्यो।
यसदिन २५९ कम्पनीका ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार रुपैयाँभन्दा बढिको कारोबार भयो। ७१ कम्पनीको बढेको यसदिन १३५ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे।
सोमबार दुई कम्पनी स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागे।
यसदिन सबैभन्दा बढि हिमालय डिस्टिलरी लिमिटेड कम्पनीको ६ करोड ६८ लाख भन्दा बढिको कारोबार भयो।
फागुन १५, २०७९ सोमबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।