नेप्सेमा ७६ अंकको उछाल, ३ अर्ब ३६ करोडको कारोबार
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा उछाल आयो।
मंगलबार नेप्सेमा ७६.६४ अंकको उछाल आएर २१७७.३४ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक १२.८५ अंकले उकालो लागेर ४१५.०१ विन्दुमा उक्लियो।
बजारमा उछाल आउँदा कारोबार रकममा समेत बढोत्तरी भयो। सोमबार १ अर्बको कारोबार भएको बजारमा मंगलबार ३ अर्बभन्दा बढिको कारोबार हुन गयो।
२६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा मंगलबार ३ अर्ब ३६ करोड २२ लाखको कारोबार भयो।
यसदिन सबैभन्दा बढि कारोबार एनआईसी एसिया बैंकको १२ करोड रूपैयाँको भयो। दोस्रो स्थानमा रहेको ङदी ग्रुप पावर कम्पनीको ११ करोडको कारोबार भयो।
मंगलबार मात्रै ९ कम्पनीको शेयर ९ प्रतिशत भन्दा बढिले बढे। जसमा पाँचवटामा त सकारात्मक सर्किट नै लागे। यसदिन २१५ कम्पनीको शेयर उकलो लाग्दा एउटा कम्पनी मात्र स्थिर रह्यो।
उपसूचक समूहतर्फ मंगलबार सबैभन्दा बढि लगानी समूहमा ६.२५ प्रतिशतले बढोत्तरी आयो। फाइनान्स समूह ५.९४ प्रतिशत, जलविद्युत् समूह ५.३१ प्रतिशतले बढ्दा विकास बैंक समूह ५.०७ प्रतिशतले बढ्यो।
माघ २४, २०७९ मंगलबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।