शेयर बजारमा सामान्य वृद्धि, एक कम्पनीमा मात्र लाग्यो सर्किट
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य वृद्धि भएको छ।
सोमबार नेप्से परिसूचक ४.५७ अंकले बढेर २१०० अंकमा पुग्दा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १.७६ अंकले बढेर ४०२ अंकमा चढेको छ।
तेह्र उपसूचक समूहमध्ये पाँच समूह सोमबार ऋणात्मक हुँदा अन्य समूह धनात्मक रहे। यसदिन सबैभन्दा बढि उत्पादन तथा प्रशोधन समूहले १.३८ प्रतिशतले कमाउँदा जीवन बीमा कम्पनी समूह ०.८२ प्रतिशतले घटेको छ।
बजारमा उतारचढाव आउँदा कारोबार रकममा समेत त्यसको प्रभाव परेको छ। यसदिन २५९ कम्पनीका ३९ लाख २२ हजार २१६ शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख रूपैयाँभन्दा बढिको कारोबार भएको छ।
सोमबार एक मात्र आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
लगानीकर्ता यसदिन सबैभन्दा बढि एनआईसी एसिया बैंकको शेयरमा झुम्मिएका छन्। उक्त कम्पनीको ६ करोड ४५ लाखको कारोबार भएर पहिलो हुँदा दोस्रोमा रहेको युनिभर्सल पावर कम्पनीको ५ करोड ३५ लाखको कारोबार भएको छ।
माघ २३, २०७९ सोमबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।