जनमत पार्टीले आजबाट तराईमा अनिश्चितकालीन राजमार्ग बन्द गर्ने

जनमत पार्टीले आजबाट तराईमा अनिश्चितकालीन राजमार्ग बन्द गर्ने

काठमाडौंः विखण्डनको धारबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको सिके राउत नेतृत्त्वको जनमत पार्टीले आजबाट तराईका जिल्लामा राजमार्ग बन्द गर्ने भएको छ। पुस १५ गतेबाट तराईका जिल्लामा अनिश्चितकालका लागि दिवाकालीन पूर्वपश्चिम राजमार्ग बन्द गर्ने राउतले बताएका छन्।

जनमत पार्टीले सिरहामा आन्दोलनका नाममा आगजनी तथा तोडफोड गर्न थालेपछि जिल्ला प्रशासनले पुस १३ र १४ गते राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। तर प्रशासनले आन्दोलनकारीमाथि बल प्रयोग गरेको, अङ्गभङ्ग हुने गरी कुटेको, अश्रुग्याँस चलाएको, किसानहरूमाथि झुटो मुद्दा लगाएको र ७ बुँदे माग पूरा नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

राजमार्ग बन्दसँगसँगै जनमत पार्टीले तराईका जिल्लामा संघीय सरकारका मन्त्रीहरू उपस्थित हुने कार्यक्रममा विरोध प्रदर्शन समेत गर्ने भएको छ। 

जनमत पार्टीले पछिल्लो एक साता यता किसानहरूको माग पूरा गर्न भन्दै सिरहामा आन्दोलन गर्दै आएको छ।

पुष १५, २०७८ बिहीबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।