बाढी पहिराेबाट मृत्यु हुनेकाे सङ्ख्या एक सय १३ पुग्याे, ३३ बेपत्ता

बाढी पहिराेबाट मृत्यु हुनेकाे सङ्ख्या एक सय १३ पुग्याे, ३३ बेपत्ता

काठमाडाैंः दशैं लगत्तै परेकाे अविरल वर्षाका कारण सृजना भएकाे बाढी र पहिराेमा परी हालसम्म एक सय १३ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयअन्तर्गतकाे राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज एक जना मृतक थपिएसँगै मृतककाे सङ्ख्या एक सय १३ पुगेकाे हाे।  

बझाङकाे थलरामा गएकाे पहिराेमा परी बेपत्ता भएका अन्दाजी १२ वर्षका सन्दीप सार्कीकाे शरीरकाे कम्मरमुनिकाे भाग हिजाे फेला परेकाे थियाे। 

केन्द्रका अनुसार हालसम्म ३३ जना बेपत्ता भएका छन्। यस्तै घाइतेकाे सङ्ख्या ३२ रहेकाे छ भने ७१ घर पूर्ण रूपमा क्षति भएकाे छ। 

चार दिनसम्म देशका विभिन्न भागमा परेकाे अविरल वर्षाले थुप्रै जनधनकाे क्षति गरेकाे थियाे। सुदूरपश्चिम र प्रदेश नम्बर १ का विभिन्न स्थानमा वर्षाले थुप्रै धानबाली नष्ट समेत भएकाे थियाे।

कात्तिक ७, २०७८ आइतबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।