अपडेट: बाढी पहिराेबाट हालसम्म ८८ जनाकाे मृत्यु, ३० बेपत्ता

अपडेट: बाढी पहिराेबाट हालसम्म ८८ जनाकाे मृत्यु, ३० बेपत्ता

काठमाडाैंः चार दिनसम्म परेकाे अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनकाे क्षति भएकाे छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले अद्यावधिक गरेकाे सूचनाअनुसार हालसम्म देशभरमा बाढी पहिराेबाट ८८ जनाकाे ज्यान गएकाे छ। 

पछिल्लाे केही दिनकाे अन्तरालमा ८८ जनाले ज्यान गुमाएका छन् भने ३० जना बेपत्ता छन्। यस्तै २२ जना घाइते भएका छन्। केन्द्रका अनुसार २० वटा घरमा क्षति पुगेकाे छ।

मृत्यु हुने अधिकांशको पहिराेका कारण ज्यान गएको हो। आज मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ। यसअघि बुधबार ६३ र मङ्गलबार १४ जनाको मृत्यु पुष्टि भएको थियो।

विपद्मा परेर पाँचथरमा मात्रै २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ। बझाङमा मात्रै २१ जना बेपत्ता छन्।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको छ भने २० जिल्ला बाढी तथा पहिराेले प्रभावित भएका छन्। 

कात्तिक ४, २०७८ बिहीबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।