मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनकाे कार्यदलकाे बैठक जारी

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनकाे कार्यदलकाे बैठक जारी

काठमाडाैंः मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै सत्ता गठबन्धनकाे कार्यदलकाे बैठक बसिरहेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बैठक जारी छ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयकाे भागवण्डा नमिल्दा सरकार गठन भएकाे झण्डै तीन महिना हुन लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन। 

हाल मन्त्रिपरिषद्मा ६ जना मात्रै मन्त्री रहेका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रिपरिषद्मा सहभागी छन् भने कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. नारायण खड्का र उमेश श्रेष्ठ सहभागी छन्। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले २५ जनासम्मकाे मन्त्रिमण्डल गठन गर्न पाउनेछ। हाल प्रधानमन्त्री शेरबहादुर देउवाले १८ मन्त्रालयकाे भार आफैँले बाेकेका छन्।

अहिले बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधि सहभागी भएका छन्।

असोज १७, २०७८ आइतबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।