प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमध्ये १९ वटामा आजदेखि सुनुवाइ हुँदै, संवैधानिक इजलास भोलि

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमध्ये १९ वटामा आजदेखि सुनुवाइ हुँदै, संवैधानिक इजलास भोलि

संवैधानिक इजलासमा दर्ता भएका ११ रिट भने भोलि शुक्रवार बस्ने इजलासमा पेस गरिने सर्वोच्च अदालतले जनाएको छ। साधारण प्रक्रियामार्फत दर्ता भएका रिटमाथि आजदेखि सुनुवाइ हुनेछ। 

सर्वोच्चको पहिलो पेसीमा निवेदक र उनका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले तर्क गर्नेछन् । शेरबहादुर देउवासहितका सांसदले संवैधानिक इजलासमा पेस गरेको मुद्दामा निर्वाचन र राजनीतिक दलसम्बन्धी कानुनका आधारमा हुने कारबाहीको विषय रिटमा उठाएका छन्। 

प्रतिनिधिसभा विघटनसम्बन्धी यसअघिको मुद्दामा करिब दुई महिनामा सर्वोच्चले फैसला दिएको थियो । त्यस वेला दैनिक सुनुवाइ भएको थियो । 

२०७७ पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटनको निर्णय सदर गरेर चुनावको मिति घोषणा गरेकी थिइन। सर्वोच्च अदालतले फागुन ११ गते विघटनको निर्णय बदर गरेपछि पुनर्स्थापना भएको संसद्को पहिलो बैठक फागुन २३ गते बसेको थियो। 

जेठ १३, २०७८ बिहीबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।