संसद् विघटन मुद्दाको फैसला प्रक्रिया आजदेखि सुरु हुने 

संसद् विघटन मुद्दाको फैसला प्रक्रिया आजदेखि सुरु हुने 

काठमाडौँ : संसद् विघटनविरुद्ध परेको मुद्दामाथि फैसला प्रक्रिया आज (मङ्गलवार) बाट सुरु हुने भएको छ। मुद्दामाथि बहस नोट पेस गर्ने समय सकिएसँगै आजबाट फैसला प्रक्रिया सुरु हुने सर्वोच्च अदालतले जनाएको छ। 

अदालतका अनुसार आजबाट नियमित प्रक्रिया अनुसार मुद्दालाई हेर्दाहेर्दैमा राखेर फैसला गरिनेछ। आजदेखि फेरि मुद्दा हेर्दाहेर्दैमा जान थालेपछि बढीमा दुई तीन दिनमा निर्णय सुनाइनेछ ।

प्रधानन्यायाधीश सहित पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरूबिच राय बाझिएमा बहुमत न्यायाधीशहरूको जे राय हुन्छ, त्यही निर्णय सदर हुन्छ।

पाँच जना एमिकस क्युरीमध्ये विजयकान्त मैनालीबाहेक सबैले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णय संविधान विरोधी भएकाले निर्णय बदर हुनुपर्ने सुझाव दिइसकेका छन्।

विघटन असंवैधानिक भन्दै पूर्व प्रधानन्यायाधीश, संविधानविद्, वरिष्ठ अधिवक्ता, अधिवक्ताले आ आफ्नो आफ्नो धारणा राखिसकेका छन्। 

फागुन ११, २०७७ मंगलबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।