सभामुखको पक्षबाट बहस- संसद् विघटन वैधानिक छैन 

सभामुखको पक्षबाट बहस- संसद् विघटन वैधानिक छैन 

काठमाडौँ - प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमा सभामुख अग्नि सापकोटा पक्षका अधिवक्ताले बहस सुरु गरेका छन्।

प्रतिनिधिसभा विघटन विरुद्ध राष्ट्रपति, प्रधानमन्त्री,  सभामुख, मन्त्रीपरिषद्लाई विपक्ष बनाएर दायर रिटमा प्रधानमन्त्रीका वकिलको बहस सकिएको छ। २२ औ दिनको संवैधानिक इजलासमा सभामुखका पक्षबाट बहस सुरु भएको हो। 

सभामुखको पक्षबाट बहस गर्दै अधिवक्ता श्रीकृष्ण सुवेदीले संसद् विघटन संवैधानिक नभएको बताएका छन्। ‘संसद् निर्दोष थियो’ उनले भने।  प्रधानमन्त्रीले अदालतमा बुझाएको लिखित जवाफमा सरकारलाई संसद्ले सहयोग नगरेको आरोप लगाइएको छ। 

अधिवक्ता सुवेदीले नेपालको नयाँ पास गर्दा प्रधानमन्त्रीको विपक्षमा शून्य मत परेको उल्लेख गरे। संसद्ले प्रधानमन्त्री र सरकारलाई अभूतपूर्व सहयोग गरेको बरु संसदीय समितिले बारम्बार बोलाउँदा अटेर प्रधानमन्त्री नआएको बताए। 

सभामुखको पक्षबाट अधिवक्ता सुवेदी सहित लवप्रसाद मैनाली र श्याम प्रसाद खरेलले बहस गर्नेछन्। यसअघि प्रधानमन्त्रीको पक्षबाट बहस गरेका अधिवक्ता रामचन्द्र गौतमले अहिलेका प्रधानमन्त्रीलाई श्री ३ बराबरको अधिकार रहेको बताएका थिए। 

‘२००४ सालको वैधानिक कानुनले श्री ३ लाई आधिकार दिएको थियो, त्यसपछिका संविधानले राजालाई आधिकार दिएका थिए’ उनले भने,‘त्यति नै आधिकार अहिलेको संविधानले केपी ओलीलाई दिएको छ, श्री ३ जति नै आधिकार दिएको छ।’

प्रधानमन्त्रीको पक्षबाट सरकारी वकिल सहित ४९ जनाले बहस गरेका छन्।

माघ २९, २०७७ बिहीबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।