अधिवक्ता न्यौपानेको तर्क : संसद् पुर्नवहाली गरिए अर्को समस्या आउँछ

अधिवक्ता न्यौपानेको तर्क : संसद् पुर्नवहाली गरिए अर्को समस्या आउँछ

काठमाडौँ : संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अदालतले प्रतिनिधिसभा पुर्नवहाली गरे अर्को समस्या आउने तर्क गरेका छन्। 

उनले संविधानको धारा ५८ मा सङ्घ र सरकारलाई अविशिष्ठ अधिकार सम्बन्धी व्यवस्था रहेको तर्क गर्दै  चुनाव नै अहिलेको समस्याको निर्विकल्प समाधान भएको दाबी गरे। 

‘प्रदेश र स्थानीय सरकारमा नरहेको अधिकार सङ्घलाई हुन्छ भन्ने व्यवस्था छ,’उनले भने ‘सङ्घ भनेको मन्त्रीपरिषद् हो ,मन्त्रीपरिषद्लाई विघटनको अधिकार छैन भन्ने तर्कमा आधार छैन।’

उनले संविधानमा विघटन गर्न पाइँदैन भनेर लेखिएको भए नपाइने तर्क गर्दै कानुनले रोकेको बाहेकको अधिकार मन्त्रीपरिषद्मा हुने दाबी गरे।

उनले जनतामा जाने बाटो खुला गर्नु भनेको समस्याको भरपर्दो समाधान रहेको बहस गर्दै अहिलेका प्रधानमन्त्रीको निर्णय गलत छ भने जनताले भोट हालेर पराजित गर्ने बताए।

 उनले भने 'निर्वाचन नेता र पार्टीलाई फिल्टर गर्ने व्यवस्था हो ।

माघ २८, २०७७ बुधबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।