आयोगलाई चुनावका लागि दल दर्ता आव्हान गर्न सकस

आयोगलाई चुनावका लागि दल दर्ता आव्हान गर्न सकस

नेकपाको आधिकारिता विवादमा आयोगले अहिले अध्ययन गरिरहेको आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए। ‘अहिले निर्वाचनको आन्तरिक तयारीमा छौ।’ उनले भने,‘नेकपा विवाद नटुङ्गिएकाले दल दर्ता आव्हान गर्न सकिएको छैन। 

आयोगले निर्वाचनका लागि ७ अर्ब ७ करोड ३४ लाख ८० हजार रुपैयाँ बजेट माग गरेको छ। बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा पठाएको आयोगले वैशाखमा चुनाव गर्न फागुन २ गतेभित्र निर्वाचन तालिका सार्वजनिक भइसक्नु पर्ने बताएको छ। 

फागुनको २ गतेभित्र निर्वाचन तालिका सार्वजनिक नभए वैशाखमा चुनाव गर्न कठिन हुने प्रवक्ता धमलाले बताए। ‘सुरुमा पर्याप्त समय थियो।’ उनले भने, ‘अहिले समय घर्किँदै गएको छ, वैशाखमा चुनाव गराउन फागुन २ भित्र निर्वाचन तालिका सार्वजनिक भइसक्नु पर्छ।’

प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको टुङ्गो नलाग्दा पनि आयोगका निर्वाचन कार्यक्रम अगाडि बढाउन अप्ठ्यारो परेको छ। 

सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। रिटमाथिको बहस सकिएर फैसला आउन अझै कति दिन लाग्छ भन्ने यकिन छैन।  

माघ २६, २०७७ सोमबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।