संसद् विघटन मुद्दामा आजदेखि सरकारी वकिलले बहस गर्ने 

संसद् विघटन मुद्दामा आजदेखि सरकारी वकिलले बहस गर्ने 

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आजदेखि सरकारी वकिलले बहस गर्दैछन्। रिट निवेदकको तर्फबाट बहस सकिएकाले आजदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन्।  

माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट आइतबार सकिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि देखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीको तर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।

रिट निवेदकको तर्फबाट बहसनामा गर्नेको नाम कटाएपछि रिट निवेदकको पक्षबाट बहस सकिएको हो। बहस लामो हुने भन्दै रिट निवेदकको सहमतिमा उनीहरूको नाम कटाइएको थियो।  संसद् विघटनविरुद्ध १३ वटा रिट परेका छन्। 

माघ १९, २०७७ सोमबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।