सुतेकै अवस्थामा मृत घोषणा गरियो, हामी ज्यूँदो हौ श्रीमान् !

सुतेकै अवस्थामा मृत घोषणा गरियो, हामी ज्यूँदो हौ श्रीमान् !

प्रतिनिधिसभा विघठन विरुद्धको रिटमाथि बहस गर्दै उनले भने, “हामी ज्युँदो सांसदहरू हौ श्रीमान्, ज्युँदो मान्छेलाई सुतेकै अबस्थामा मृत घोषण गरियो।“

उनले चुनावी घोषणापत्रको एउटा पनि बुँदा कार्यान्वयन नभएको अवस्थामा जनतामा अनुहार देखाउन जाने अवस्था नरहेको बताए । “हिजो आमा मलाई भोट दिनुस् हामी बृद्धभत्ता बढाउँछौँ, स्वास्थ्य शिक्षा निःशुल्क गर्छौ भनियो पोखरेलले भने एउटा प्रतिबद्धता पूरा भएका छैनन्,कुन मुख लिएर भोट माग्न जाने? मनभरि पीडा छ।“

यस्तै राष्ट्रिय सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीले संसद् विघठन गरेर रिस पोखेको बताए। “पार्टीमा किचकिच नभए कहाँ हुन्छ त?“ बिडारीले भने, भारतको र मरेको ४७ सालको संविधान हेरेर विघटन गर्न मिल्छ ?“

संवैधानिक इजलासमा उनले प्रधानमन्त्री ओलीले संविधान, जनता र राष्ट्रियतासँग खेलेको बताए । दलसँग खेल्नुपर्ने प्रधानमन्त्रीले संविधानसँग खेल्ने, जनतासँग खेल्ने, राष्ट्रियतासँग खेल्ने? उनले भने, कसको रिसले कसको काखमा के गर्यो भन्ने जस्तो भयो। 

 

माघ १६, २०७७ शुक्रबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।