इजलासमा राणा र रमनको गलफती

इजलासमा राणा र रमनको गलफती

बहसका लागि कानुन व्यवसायीले ५ घण्टा समय मागे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेपछि चर्काचर्की परेको हो। 

प्रतिनिधिसभा विगठनविरुद्ध देव गुरुङले दर्ता गराएको निवेदनमा बहस गर्न उभिएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागे। प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले ५ घण्टा समय दिन नसक्ने भन्दै १ घण्टामा सक्न समय दिए। 

प्रधानन्यायाधीशले अस्वीकार गरेपछि इजलासमै गुरुङका तर्फबाट बहसका लागि पुगेका कानुन व्यवसायीले उठेर विरोध जनाएका छन्। केही क्षण चर्काचर्की परेपछि रमण श्रेष्ठलाई एक घण्टा दिए पनि गुरुङको तर्फबाट बहस गर्नलाई १५ मिनेट मात्रै दिइने भएको छ। 

 

माघ १६, २०७७ शुक्रबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।