प्रधानमन्त्रीसँग चार न्यायाधीशको भेटबारे सर्वोच्च अदालतको प्रस्टीकरण 

प्रधानमन्त्रीसँग चार न्यायाधीशको भेटबारे सर्वोच्च अदालतको प्रस्टीकरण 

अदालतले आज (शुक्रवार) विज्ञप्ति निकालेर संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेद् जन्य विषय हो, सर्वोच्च अदालतका सह प्रवक्ता सूचना अधिकारी देवेन्द्र ढकालले आज (शुक्रवार) निकालेको विज्ञप्तिमा सम्प्रेषित समाचारको भ्रममा नपर्न अनुरोध गरिएको छ। 

विज्ञप्तिमा "अदालतमा विचाराधीन मुद्धामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यस प्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कार्यबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनियतामासमेत आँच आउन सक्ने अवस्था रहन्छ। यस प्रकारका कार्यहरू स्वयं पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुनेहुँदा कानुनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ" लेखिएको छ। 

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज (शुक्रवार) संवैधानिक इजलासमा भएको बहसमा सांसद शशी श्रेष्ठले पुस २६ गते न्यायाधीश सपना मल्ल र हरिकृष्ण कार्की र पुस २७ गते न्यायाधीश दीपक कार्की र मिरा खड्काले प्रधानमन्त्री ओलीसँग भेट गरेको भन्दै प्रश्न उठाएकी थिइन।  

 

 

माघ २, २०७७ शुक्रबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।