संसद् विघटनको रिट संवैधानिक इजलासमै  

संसद् विघटनको रिट संवैधानिक इजलासमै  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले संसद् विघटन विरुद्धको रिटमाथिको सुनुवाइ वृहत् पूर्ण इजलासलमा लैजानु नपर्ने आदेश दिएको सर्वोच्च अदालतलका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। 

अव यो रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुनेछ। यो रिटलाई आज (शुक्रवार) भएको बहसपछि हेर्दाहेर्दैमा राखिएको छ। यो रिटमाथिको सुनुवाइ माघ ४ गते आइतबार हुने ढकालले बताए। 

संसद् विघटन विरुद्धको रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले वृहत् पूर्ण इजलासमा रिटको सुनुवाइ हुनुपर्ने जिकिर गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्ने तर्क गरेका थिए। 

   

 

माघ २, २०७७ शुक्रबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।