प्रधानमन्त्रीसँग चार न्यायाधीशको भेटबारे संवैधानिक इजलासमा उठ्यो प्रश्न

प्रधानमन्त्रीसँग चार न्यायाधीशको भेटबारे संवैधानिक इजलासमा उठ्यो  प्रश्न

उनले इजलासमा पुस २६ गते न्यायाधीश दीपक कार्की र मिरा खड्का तथा पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना प्रधान मल्ले प्रधानमन्त्री ओलीलाई भेटेको विषयमा प्रश्न उठाइन। 

न्यायालय स्वच्छ र निष्पक्ष होस भन्ने चाहना हो सांसद श्रेष्ठले भनिन्, तर यो के हो ? सांसद श्रेष्ठले चार जना न्यायाधीशको प्रधानमन्त्रीसँगको भेट आचार संहिता विपरीत भएको बताइन । 

उनले यो भनिरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब नबोल्न रोकेका थिए। 

संसद् विघटन विरुद्धको रिटमाथि आज शुक्रवार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भयो। बहस संसद् विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा बहस हुनु पर्ने या बृहत् इजलासमा हुनुपर्ने भन्नेमै बित्यो। 

प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले यो रिटमाथि संवैधानिक इजलासमा बहस हुनुपर्छ भने। प्रधानमन्त्रीका कानुन व्यवसायी विष्णु भट्टराई, सुरेन्द्र भण्डारी, रमेश बडाल, विजय मिश्रले बहस गरेका थिए। 

रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायी रमणकुमार श्रेष्ठले संसद् विघटन गर्ने मन्त्रिपरिषद् निर्णयको सक्कल प्रति सरकारले अदालतबाट फिर्ता लगिएको विषयमा प्रश्न उठाए । श्रेष्ठले  निर्णयको सक्कल लगेर थपघट गर्न सक्ने आशंका व्यक्त गरे। 

तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यो हल्ला मात्रै भएको बताए । यो सिल्ली कुरा हो उनले भने, यस्ता कुरामा हामीलाई प्रश्न नगर्नुहोस् । 

 

माघ २, २०७७ शुक्रबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।