नगरप्रमुखमाथि आक्रमणकाे प्रयास हुनु खेदजनकः बुटवल उपमहानगरपालिका

नगरप्रमुखमाथि आक्रमणकाे प्रयास हुनु खेदजनकः बुटवल उपमहानगरपालिका

‘आज असोज ४ गतेका दिन बिहानदेखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त गरेपछि यस पालिकाका प्रमुखको नेतृत्त्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्धार र व्यवस्थापनका लागि पुगेको अवस्थामा अराजक व्यक्तिहरूले नियोजित रूपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद्, निन्दनीय एवम् खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ।

साथै घटनामा संलग्न एवं दुरुत्साहन गर्ने उपर छानबिन गरी यथाशीघ्र कारबाही गर्न पनि उपहानगरपालिकाले माग गरेको छ।

यता तिलोत्तमा नगरपालिकाले पनि बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीमाथि भएको घटनाको खेद व्यक्त गरेको छ। तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले एक विज्ञप्ति जारी गर्दै हातपातको प्रयास र दुर्व्यवहारप्रति खेद व्यक्त गरेका हुन्।

‘बुटवल उमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि एक युवाबाट भएको हातपातको प्रयास र दुर्व्यवहारप्रति तिलोत्तमा नगरपालिका दुःख व्यक्त गर्दै सो निकृष्ट कार्यप्रति खेद व्यक्त गर्दछौँ’– विज्ञप्तिमा भनिएको छ।

साथै तिलोत्तमा नगरपालिकाले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न तथा जनप्रतिनिधिको मनोबल उच्च राख्दै सुरक्षाको प्रबन्ध गर्न पनि माग गरेको छ।

४ असोज, २०७८, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।