कामचलाउ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन सुरु 

कामचलाउ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन सुरु 

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नाममा सम्बोधन सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न सुरु गरेका हुन्। 

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेर बेलुकी ६ बजे शपथग्रहण गराउने कार्यक्रम राखेको छ। देउवाको शपथग्रहण हुन अगाडि नै कामचलाउ प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्। 

२९ असार, २०७८, १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।