तीन किलो अफिमसहित कलङ्कीमा म्याक्स पक्राउ

तीन किलो अफिमसहित कलङ्कीमा म्याक्स पक्राउ

ब्युरोको विशेष टोलीले शनिवार म्याक्स लोलाइलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार कलङ्की स्थित सडक किनारमा उनी पक्राउ परेका हुन्।

उनी धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का हुन्। ५१ वर्षका उनी अफिम कारोबारमा संलग्न रहेको सूचनाको आधारमा ब्युरोले उनीमाथि निगरानी राखेको थियो।

तीन किलो अफिमसहित उनी पक्राउ परेकोबाहेक थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

नेपालमा भारतबाट अफिम भित्रिने गरे पनि पछिल्लो समय भने नेपालमै उत्पादन हुने गरेको छ। सो अफिम कहाँको हो सो समेत खुलेको छैन।

१७ माघ, २०७७, २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।