एभर्टनको पोस्टमा लिग लिडर आर्सनलको ४ गोल, प्रिमियर लिगमा पकड कायमै

एजेन्सी : लिग लिडर आर्सनलले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
यो जितसँगै आर्सनलले लिगमा पाँच अंकको अग्रतालाई कायमै राखेको छ। जितपछि आर्सनलको २५ खेलबाट ६० अंक छ भने समान खेलबाट दास्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५५ अंक छ।
घरेलु मैदानमा आर्सनलको जितमा मार्टिनेलीले दुई गोल गरे। खेलको ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा तीन गोल गरेको थियो।