राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनले आज सांसदहरुलाई प्रशिक्षण दिदै

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनले आज सांसदहरुलाई प्रशिक्षण दिदै

काठमाडौं : राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ।  

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको हो।

८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागि हुने बताइएको छ। पार्टीका शिर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। 

१८ फागुन, २०७९, ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।