ब्याच नम्बर ६९ : प्रेममा शंका भएपछि विवेकले कामै गरेन, बेलायतबाट नेपाल आएर प्रेमिकालाई जंगलमा लगेर मारे
हराएको पाचौं दिनमा ललितपुरको नल्लु गाविसस्थित सिमपानी भन्ज्याङको घना जंगल। त्यही जंगलको बीचतिर त्यतिकै छाडिएको थियो रोजी महर्जनको शव।
प्राय जंगल सुनसान। कसैले थाहा पाउँदैन भनेर छोपछाप पनि नगरी शव छाडिएको थियो।
साउन २५ बेलुका रोजिको शव फेला पर्यो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठायो। रोजीको हत्या गोली हानेर भएको खुल्यो।
शंकाको दायरामा धेरै थिएनन्। केही प्रहरी निगरानीमा थिए। कोही हाजिर जमानीमा। हाजिर जमानीमा थिए सुवास उप्रेती। सुवास र रोजी एकै स्कुलमा पढेका। उनीहरूबीच प्रेम सम्बन्ध रहेको देखियो।
प्लसटुको पढाइ सक्किएपछि रोजी नेपाल कलेज अफ म्यानेजमेन्टमा बीबीएमा भर्ना भइन्। कलेजमा पनि उनीहरू निकै घनिष्ठ नै थिए।
साउन २० गते रोजी आफ्नै स्कुटीमा कलेज गएकी थिइन्। त्यो दिन उनीहरू लेले घुम्न जाने योजनामा थिए। उनीहरू भेट भए नभएको खुलेन। रोजी एक्कासी हराइन्। अपहरण भएको भन्दै मेसेज आयो।
पहिलो वर्षको पढाइ सक्कियो। सुवास विदेश जान चाहन्थे। बेलायत जान प्रक्रिया अगाडि बढाए। रोजी आफ्नै बुबाको क्याटरिङ व्यवसायमा ब्यस्त थिइन्।
सुवासको भिसा लाग्यो। उनी लण्डन जाने भए। खुसीका साथ बिदावारी भएर सुवास बेलायत लागे। रोजी यतै पढ्न थालिन्।
सुवास अलि शंकालू बन्न थाले। खटपट हुन थालेपछि उनी नेपाल आए। नयाँ बानेश्वरतिर बस्थे।
साउन २० गते रोजी आफ्नै स्कुटीमा कलेज गएकी थिइन्। त्यो दिन उनीहरू लेले घुम्न जाने योजनामा थिए। उनीहरू भेट भए नभएको खुलेन। रोजी एक्कासी हराइन्। अपहरण भएको भन्दै मेसेज आयो।
रोजी र सुवासबीचको सम्बन्ध खुलेपछि उनलाई अपराध महाशाखामा बोलाएर सोधपुछ थालियो। उनले दुवैबीचको सम्बन्ध स्वीकार गरे। रोजीलाई भेट्न नेपाल आएको स्वीकारे तर उनीबारे केही थाहा छैन मात्र भनिरहे।
शव नै फेला पर्यो। त्यो पनि गोली हानेर मारेर फालेको अवस्थामा। अनि सुवास पक्राउ परे। किनकी अनुसन्धानले उनी नै मुख्य आरोपी देखिए।
अब प्रेम सम्बन्ध हुँदैमा उसैले अपराध गरेको भन्ने त भएन। तर शंका त गर्नैपर्यो। शंका मात्र भएकाले उनलाई नियन्त्रणमा लिएनौं। हाजिर जमानीमा राखेर निगरानीमा राख्यौं।
उनको गतिविधि शंका गरिहाल्नुपर्ने देखिएन। तर यी दुवैबीचको घनिष्ठ सम्बन्ध अनि बीचमा विदेश गएर भेट्न फर्कनु अनि त्यही बेलामा रोजी अपहरणमा पर्नु। यतिले मात्र सुवास शंकामा थियो।
हृदय थापासहितको टिम अनुसन्धानमै थियो। अन्य कोणबाट अनुसन्धान भइरहेकै थियो। कोटेश्वरमा रोजीको स्कुटी फेला पर्यो। त्यो स्कुटी खोज्न सुवासले नै सघाएका थिए।
रोजीको परिवार महाशाखा कार्यालय आइरहन्थे। सुवास पनि आइरहन्थे। उनी रोजी हराएकोमा चिन्तितै देखिन्थे। तर कताकता सम्बन्धको उतारचढावले हत्या गरेर कतै अपहरण बनाउने प्रयास गरेको हो कि भन्ने मनमा लागिराख्या थियो।
शव नै फेला पर्यो। त्यो पनि गोली हानेर मारेर फालेको अवस्थामा। अनि सुवास पक्राउ परे। किनकी अनुसन्धानले उनी नै मुख्य आरोपी देखिए।
लेले घुम्न जाने बाहनामा मोटरसाइकलमा जाँदाजाँदै लेले नपुग्दै नल्लु गाविसको सुनसान जंगल आएपछि गोली हानेर मारेको देखियो।
यसमा सुवास मात्र होइन अन्य तीन जना पनि संलग्न भएको देखिए।
घटना पुरै संगठित देखियो। तर हत्याको कारण त्यतिनै सामान्य।
ललितपुर-१३ का २० वर्षीय सचित खड्का अनि ललितपुर थसिखेल बस्ने २० वर्षीय हुसेन राई पनि पक्राउ परे। ललितपुर थसिखेलकै कुमार तामाङ अनि २४ बर्षीय कत्ले भन्ने राजु लोहार पनि संलग्न देखिए।
यी सबैलाई सुवासले रोजीको हत्याको जिम्मा दिएका थिए। अनि मार्न अनुकुल ठाउँ खोज्दै एकान्त जंगलमा पुर्याएर बाइकमा पछि आएर रोजीलाई गोली हानेर मारेको देखियो।
घटना पुरै संगठित देखियो। तर हत्याको कारण त्यतिनै सामान्य।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
फागुन १७, २०७९ बुधबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।