१२ मन्त्रालयलाई घटाएर ७ वटा बनाउनु सकारात्मक : प्रदेश प्रमुख गुरुङ

१२ मन्त्रालयलाई घटाएर ७ वटा बनाउनु सकारात्मक : प्रदेश प्रमुख गुरुङ

पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारले १२ वटा मन्त्रालयलाई घटाएर ७ वटा बनाउनु सकारात्मक भएकोे बताएका छन्।

आज प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रमुख गुरुङले कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारमा १२ मन्त्रालय रहेकोमा घटाएर खगराज अधिकारी नेतृत्वको सरकारले जनतामा सकारात्मक सन्देश दिएको बताएका हुन्।

प्रदेश प्रमुख गुरुङले संघीयता नेपालका लागि नयाँ अभ्यास भएको बताउँदै ५ वर्ष अघि शुन्य संरचनाबाट सुरु भएको प्रदेश संरचना सुनिनेबाट देखिने अवस्थामा पुगेको दाबी गरे।

उनले प्रदेश लोकसेवा आयोग गठन गरी प्रदेश निजामती सेवा र स्थानीय तहमा आवश्यक पर्ने जनशक्ती पदपूर्ति गर्ने काम प्रदेशबाट नै सुरु भएको बताए। उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने पनि उल्लेख गरे। 

१७ फागुन, २०७९, २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।