भारतबाट ग्याँसबाहेकका इन्धनको मूल्य घटेर आयो, तर निगमले भने नघटाउने

भारतबाट ग्याँसबाहेकका इन्धनको मूल्य घटेर आयो, तर निगमले भने नघटाउने

काठमाडौं : भारतबाट घटेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य तत्कालका लागि नघटाउने भएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको इन्धनको नयाँ सूची अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारको इन्धनको मूल्य घटेर आएको छ।

तर निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार उपभोक्ता मूल्य हाललाई यथावत राखिएको छ।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ २१ पैसा, डिजलमा ५ रुपैयाँ ५ पैसा र मट्टीतेलमा ३ रुपैयाँ ४० पैसा घटेर आएको छ। खाना पकाउने ग्याँसमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ बढेर आएको छ।

१७ फागुन, २०७९, १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।