दुई घण्टापछि अर्को बैठक बस्नेगरी सकियो प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरणमाथिको छलफल

दुई घण्टापछि अर्को बैठक बस्नेगरी सकियो प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरणमाथिको छलफल

काठमाडौं : प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गर्ने प्रस्तावमाथिको छलफल सकिएको छ। छलफल सकिएपछि बैठक दुई घण्टाका लागि स्थगित भएको छ।

सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका हुन्। अब दुई घण्टापछि अर्को बैठक बस्नेछ।

प्रदेश १ को नामकरणको लागि भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको थियो।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेश १ को नाम पहिचानका आधारमा ‘किरात-लिम्बुवान-सगरमाथा’ राख्न प्रस्ताव गरेकोमा सो प्रस्ताव खारेज भइसकेको छ।

१७ फागुन, २०७९, १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।