१९ वर्षपछि समातिए चिर्पटले हानेर छिमेकीको हत्या गरेको आरोप लागेका व्यक्ति

१९ वर्षपछि समातिए चिर्पटले हानेर छिमेकीको हत्या गरेको आरोप लागेका व्यक्ति

काठमाडौं : चिर्पटले हानेर छिमेकीको हत्या गरेको आरोप लागेका सिताराम तिमिल्सिना १९ वर्षपछि पक्राउ परेका छन्।

सिन्धुपाल्चोक जिल्ला मांखा गा.वि.स. वडा नं. १ घर भई हाल वलेफी गा.पा.वडा नं. ८ बस्ने वर्ष ६३ की मनमाया नेपालीको मिति २०६१।११।१७ गते छिमेकीसँग सामान्य झगडा भएको थियो। 

त्यसपछि सिताराम तिमिल्सिनाले उनलाई चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहार पछि मनमायाको टाउकोमा गम्भीर चोट लागेको थियो।

घरपरिवार तथा छिमेकीले गम्भीर घाइते भएकी मनमायालाई उपचारको लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। तर उनको उपचारको क्रममा नै मृत्यु भएको थियो।

घटनापछि फरार भएका सितारामलाई १९ बर्ष पछि मंगलबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, बाह्रबिसे सिन्धुपाल्चोकका प्रहरी निरीक्षक मुकेश न्यौपानेको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो।

पक्राउ गरेपछि हाल ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१७ फागुन, २०७९, १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।