प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउँछ : उपसभापति खड्का

प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउँछ : उपसभापति खड्का

फागुन : नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा सरकारले निरन्तरता पाउने बताएका छन्।

बुधबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गदै उनले राष्ट्रिय सहमति अनुसार कांग्रेसलाई राष्ट्रपति दिने प्रचण्डको प्रस्ताव एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि आठ दलसहितको नयाँ समिकरण बनेको बताए।

उनले भने, ‘सभामुख र राष्ट्रिय सभा अध्यक्ष एमालेको, प्रधानमन्त्री माओवादीको भएकोले ठूलो दलका हैसियतले कांग्रेसलाई राष्ट्रपति दिनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव एमालेले अस्वीकार गरेपछि यो परिस्थिती सिर्जना भएको हो। पछि ८ दलको निर्णय अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायौं।’

खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क रहेको समेत उल्लेख गरे।

१७ फागुन, २०७९, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।