को हुन् नेपाली राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक अल्बेर्टो एनेस?

को हुन् नेपाली राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक अल्बेर्टो एनेस?

काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बेर्टो एनेस नियुक्त भएका छन्।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)को बोर्ड बैठकले अल्बेर्टो एनेसलाई नेपाली टिमको जिम्मेवारी दिने निर्णय गरेको हो।

इटालीका पूर्व खेलाडी अल्बेर्टो एनेस हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका प्रशिक्षक हुन्। उनले यसअघि गोकुलम केरलाको प्रशिक्षकको रुपमा दुई पटक आइलिग उपाधि जितिसकेका छन्।

साथै उनीसँग इटाली, घाना, प्लेस्टाइन, इन्डोनेसिया जस्ता देशका क्लबहरूलाई प्रशिक्षण गरेको अनुभव पनि छ।

एन्फाले आगामी चैतमा दशरथ रंगशालामा गर्न लागेको प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिताअघि उनलाई प्रशिक्षक नियुक्त गरेको हो। 

अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली थियो भने दुई मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाइँ र प्रवेश कटुवाल राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए।

१७ फागुन, २०७९, १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।