राप्रपाले उठायो लुम्बिनी प्रदेश सभामा संघीयता खारेजीको आवाज

राप्रपाले उठायो लुम्बिनी प्रदेश सभामा संघीयता खारेजीको आवाज

बुटवल : राप्रपाकी सांसद मिना कुमारी श्रेष्ठले लुम्बिनी प्रदेश सभाको छैटौं बैठकमा संघीयता नै खारेज गर्नुपर्ने बताएकी छन्। 

बुधबारको बैठकमा देश आर्थिक मन्दीको चपेटामा परेको भन्दै उनले देशलाई निकासको बाटोमा ल्याउन अब संघीयता खारेजको विकल्प नभएको बताइन्। 

सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विर बहादुर रानाले संघीयताका संरचना भित्र धमिरा लाग्न थालेको र आम जनतामा संघीयताप्रति वितृष्णा जागेको बताए।

उनले संघीयताको मर्म जनतालाई बुझाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले औचित्यपूर्ण कार्य गर्नुपर्ने बताए।

अन्य सांसदहरुले जनजीविकाका सवालबारे सभामा आफ्नो धारणा राखेका छन्। बैठकमा सांसदहरुले स्वास्थ्य बिमा बापतको रकम अस्पताललाई प्रदान नभएको, किसानले समयमा मल नपाएको तथा अधुरा विकासका आयोजनाका कारण जनताले दुःख पाएको बताएका थिए।

१७ फागुन, २०७९, १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।