यो वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा, आजदेखि प्रि–मनसुन सुरु

यो वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा, आजदेखि प्रि–मनसुन सुरु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यो वर्षको हिउँदयाम सकिएर देशभरी नै प्रि-मनसुन सुरु भएको छ।

आज (मार्च १) देखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहने र त्यसपछि मनसुन सुरु हुने मौसमविद् मञ्जु बासीले बताएका छन्।

यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडाैं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो। 

प्रि-मनसुनको समयमा मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने छ।

१७ फागुन, २०७९, १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।