प्रदेश १ को नामकरण : आन्दोलन हुन सक्ने भन्दै विराटनगरमा निषेधाज्ञा

प्रदेश १ को नामकरण : आन्दोलन हुन सक्ने भन्दै विराटनगरमा निषेधाज्ञा

काठमाडौं : प्रदेशको १ को नामकरणका क्रममा आन्दोलन हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। 

प्रदेशको १ को नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको थियो। बुधबार एमाले प्रदेशसभा सदस्य राम रानाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी र समर्थकमा निरन राई रहेका छन्।

बुधबार प्रदेशसभाले नामको टुङ्गो लगाउने भएपछि सुरक्षाका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

यसअघि पहिचानको कुरा गर्दै आएको माओवादी केन्द्रले ‘कोशी’ नामको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। नेपाली कांग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए।

१७ फागुन, २०७९, १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।