झापा, सुनसरी र धादिङमा सवारी दुर्घटना, चार जनाको मृत्यु

झापा, सुनसरी र धादिङमा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं : झापा, सुनसरी र धादिङमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुर चोकमा गएराती कारको ठक्करबाट २ पैदलयात्रीको  मृत्यु भएको छ।

सडक पार गर्दै गरेका स्थानीय ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीलाई ना ४ च ४५२५ नम्बरको कारले गएराति करिब पौने १२ ठक्कर दिएको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। कारलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ।

यस्तै, सुनसरीको इटहरीमा गएराती मोटरसाइकल र ट्रक आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–९ बस्ने ३१ वर्षीय बिनोद तिमल्सिना रहेका छन्।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा  तिमल्सिनाको रातीनै मृत्यु भएको हो। गएराती पौने १० बजे स ५ प ७८८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ ख ४१७१ नम्बरको ट्रक आपसमा ठोकिएका थिए। ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, धादिङको धुनिवेशी नगरपालिका–९ रुपाकोटमा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। २ जना भने घाइते भएका छन्। बद्रीटारबाट रुपाकोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको प्रदेश ३–०१–००३ क ६४५६ नम्बरको टिपर निर्माणाधीन सडक भाँसिदा सडकबाट अन्दाजी २०० मीटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक धुनिवेशी नगरपालिका ५ बद्रीटारका २९ वर्षीय सानोकान्छा तामाङको बीएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको हो। टिपरका परिचालक २७ वर्षीय दिपक घले र २१ वर्षीय सुनिल भेटुवालको सोही अस्पतालमा उपचार भइरहेको छ।

१७ फागुन, २०७९, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।