इन्भेस्टमेन्ट मेगाको सिइओमा ज्योति पाण्डे

इन्भेस्टमेन्ट मेगाको सिइओमा ज्योति पाण्डे

काठमाडौं : ज्योति प्रकाश पाण्डे नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको सिइओ नियुक्त भएका छन्। नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्क मर्ज भएपछि उनी बिहीबार सिइओमा नियुक्त भएका हुन्। उनी यस अगाडि इन्भेस्टमेन्ट बैङ्कको सिइओ थिए। नयाँ बैङ्कको सिइओ इन्भेस्टमेन्ट बैङ्कको हुने  मर्जर सम्झौता अनुसार उनी नियुक्त भएका हुन्।

उनी लामो समयदेखि बैङ्कको सिइओको रूपमा कार्यरत छन्। फागुन ३ गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले सिइओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

फागुन ३ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्ष कार्यकालका लागि पुनः नियुक्त भएका हुन्। मर्जर सहमति अनुसार बैङ्कको अध्यक्षमा यस अगाडि नै पृथ्वी बहादुर पाण्डे नियुक्त भइसकेका छन्।

४ फागुन, २०७९, १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।