ग्राहकहरुबाट लिइएको १ अर्ब ६० करोड सेवा शुल्क फिर्ता गर्न लघुवित्त सञ्चालक सहमत

ग्राहकहरुबाट लिइएको १ अर्ब ६० करोड सेवा शुल्क फिर्ता गर्न लघुवित्त सञ्चालक सहमत

काठमाडौं : ग्राहकहरुबाट सेवा शुल्क बापत लिइएको अतिरिक्त १ अर्ब ६० करोड रुपैयाँ सम्बन्धित ग्राहकहरुलाई फिर्ता दिन लघुवित्तहरु सहमत भएका छन्।

बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतका प्रतिनिधीहरुको बैठकमा सञ्चालकहरु एक साताभित्र  ग्राहकसँग लिएको सेवा शुल्कको रकम फिर्ता गर्न सहमत भएका हुन्। 

बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने र ग्राहकले एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने सहमति समेत गरेको जनाइएको छ।

लघुवित्तहरुले अनाधिकृत रुपमा ग्राहकहरुसँग रकम असुलेको भन्दै पछिल्लो समय छानविनको माग बढिरहेको बेलामा अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँगै सरोकारवालाहरुको बैठक भएको हो। 

३ फागुन, २०७९, १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।