सडक बत्तीका लागि महानगर र प्राधिकरणबीच सम्झौता त भयो, कहिले बल्छ भन्ने टुङ्गो चाहिँ छैन

सडक बत्तीका लागि महानगर र प्राधिकरणबीच सम्झौता त भयो, कहिले बल्छ भन्ने टुङ्गो चाहिँ छैन

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन भन्दै आधुनिक बत्ती जडान गर्न काठमाडौं महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ। महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको यसअघिकै सहमतिका आधारमा माघ २३ गते सम्झौता भएको हो।

सडक बत्तीको लागि सम्झौता हुँदै गर्दा काठमाडौं कहिले अन्धकारमुक्त हुन्छ भन्नेबारे भने अन्योल नै छ।

सडक बत्तीका लागि महानगरले यसअघि सार्वजनिक निजी साझेदारी अन्तर्गत निजी कम्पनी 'बिके ट्रेडर्स एण्ड सप्लायर्स' लाई जिम्मा दिएको थियो। तर, पछिल्लो समय महानगरको मुख्य र भित्री सडकका अधिकांश बत्ती बल्दैनन्। जति बल्छन् एकदमै मधुरो बल्छन्।

यसअघि उकेरासँगको कुराकानीमा महानगरका प्रवक्ता नवीन मानन्धरले उक्त कम्पनीसँग सम्झौता रद्द भएको बताए पनि सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेशकुमार काफ्लेले भने उक्त कम्पनीसँग महानगरले १० वर्षको लागि सम्झौता गरेको भएकाले अहिले नै सम्झौता रद्द गर्न भने नमिल्ने बताएका छन्।

'सम्झौता अनुसार काम नगरेपछि सम्झौता रद्द नै नगरे पनि केही कारबाही त गर्नु हुन्छ होला नि?' भन्ने प्रश्नमा उनी भन्छन्, 'त्यो हामीले छलफल गर्नै बाँकी छ। समाचारमा यसो यसो आइरहेको छ भनेर हामी कुरा गर्छौं। रद्द चाहिँ गर्दैनौँ।'

उक्त कामको अनुगमन, मूल्याङ्कन तथा सहजीकरणको लागि भन्दै महानगरले एक संयोजकसहित पाँच सदस्यीय समिति पनि बनाएको छ। 

आयोजना प्रमुख रिजालका अनुसार उक्त आयोजनाको अनुमानित समयावधि एक वर्षको हो। 

अनि काम सम्पन्न भएपछि एएएमसी (वार्षिक मर्मत सम्भार समिति) ले पाँच वर्षसम्म हेर्छ भने उक्त अवधिपछि सम्पूर्ण जिम्मा महानगरको हुन्छ।

तर, सो समितिले पनि यस विषयमा केही पनि आधिकारिक अभिव्यक्ति दिएको छैन।

कम्पनीका पक्षबाट सम्झौतामा हस्ताक्षर गर्ने रजनराज श्रीवास्तव भने सम्झौता कायम रहेको र अझै पनि बत्तीहरू बलिरहेको बताउँछन्।

करिब १२ करोड लागतको अनुमान
महानगर र प्राधिकरणबीच भएको सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ। यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने छ। 

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। अनि यसपछिको मर्मत सम्भार महानगरपालिकाको स्वामित्वमा रहनेछ।

सम्झौता अनुसार महानगरपालिकाको लगानीमा लैनचौर –महाराजगञ्ज, माइतीघर मण्डला– बागबजार, बागबजार– शितल निवास, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थल- गौशाला हुँदै कमलपोखरी, चावहिल– जोरपाटीसम्म बत्ती जडान हुनेछन्। 

यी सडक बत्ती संरचनामा महानगरको पहिचान समेत उल्लेख हुनेछ।

त्यस्तै  विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल- विमानस्थल– तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वर– लैनचौर र टुँडीखेल वरिपरि बत्ती जडान हुनेछन्। 

आयोजना प्रमुख रिजालका अनुसार उक्त आयोजनाको अनुमानित समयावधि एक वर्षको हो। 

अनि काम सम्पन्न भएपछि एएएमसी (वार्षिक मर्मत सम्भार समिति) ले पाँच वर्षसम्म हेर्छ भने उक्त अवधिपछि सम्पूर्ण जिम्मा महानगरको हुन्छ।

आधुनिक बत्ती(स्मार्ट लाइट)मा के हुन्छ ?
प्राधिकरणका आयोजना प्रमुख रिजालका अनुसार स्मार्ट लाइट अरू बत्तीभन्दा अलि बढी प्रविधिमैत्री हुन्छ। 

बेलुका अँध्यारो भएपछि आफैँ बाल्छ। बिहान उज्यालो हुनासाथ आफैँ निभ्छ। यसलाई चाहे अनुसार मधुरो पनि गर्न मिल्छ। 

'किनभने मध्यरात ११ बजे त गाडीहरू अलि कम गुड्छ। त्यतिखेर जस्तै १२० वाटको बत्ती छ भने त्यसमा त्यति नै उज्यालो चाहिँदैन। त्यस्तो बेला मधुरो गर्न सकिन्छ। यसलाई अटोमेटिक कन्ट्रोल पनि गर्न मिल्छ', उनले भने।

उक्त कन्ट्रोल क्याबिनेटको साधन भने महानगर र प्राधिकरण दुवैसँग हुने पनि उनले बताए। दुवै संस्थाको आधिकारिक व्यक्तिहरूले क्याबिनेट कन्ट्रोल प्रयोग गर्न पाउछन्। जसमा कहाँ कहाँ बत्ती बिग्रेको छ? भनेर पनि जानकारी लिन सकिन्छ। 

एउटा कन्ट्रोल क्याबिनेटले ५०/६० वटा बत्ती कन्ट्रोल गर्न सकिने समेत उनको भनाइ छ।

बत्ती जडान भएपश्चात् विद्युत् महसुल महानगरले प्राधिकरणलाई तिर्ने सम्झौतामा नै उल्लेख छ। महानगरले यसअघि पनि महसुल नबुझाएको भन्दै प्राधिकरणले बारम्बार पत्राचार गरिरहेको छ। तर, महानगरले यसबारे बोलेको छैन।

प्रविधिमैत्री भए पनि लोडसेडिङको समयमा भने बत्ती नबल्ने पनि उनले बताए। उनका अनुसार काठमाडौंमा लगभग दुई हजार बत्तीहरू स्मार्ट लाइट राखिने छ।

बत्ती चाहिँ कहिले बल्छ?
महानगर र प्राधिकरणबीच भएको सम्झौता त समार्ट लाइट राख्न पहिलो खुड्किलो मात्र हो। अब यसपछि टेण्डर निकालेर ठेकेदारसँग सम्झौता गरेपछि मात्र बत्ती जडान गर्ने कार्य अगाडि बढ्छ।

यस सम्झौताले गर्दा अहिले अन्धकार सडक बत्तीको मर्मतसम्भार कहिले हुन्छ भन्ने कुरामा अझै पनि महानगरको ध्यान गएको छैन।

त्यसमाथि पनि बत्ती जडान गर्न एक वर्ष लाग्ने प्राधिकरणले जनाइसकेको छ। 

यसबारे महानगरका प्रवक्ता मानन्धर सम्पूर्ण काम प्राधिकरणको जिम्मामा गइसकेकाले सडकमा बत्ती कहिले बल्छ भनेर प्राधिकरणलाई नै सोध्नुपर्ने बताउँछन्।

बत्ती जडान भएपश्चात् विद्युत् महसुल महानगरले प्राधिकरणलाई तिर्ने सम्झौतामा नै उल्लेख छ। महानगरले यसअघि पनि महसुल नबुझाएको भन्दै प्राधिकरणले बारम्बार पत्राचार गरिरहेको छ। तर, महानगरले यसबारे बोलेको छैन।

अँध्यारो काठमाडौं सिरिज

२८ माघ, २०७९, ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।