मधेस प्रदेशमा पहिलाेपटक दुई महिला मन्त्री बन्दै

मधेस प्रदेशमा पहिलाेपटक दुई महिला मन्त्री बन्दै

जनकपुरधाम : मधेस प्रदेशमा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाएसँगै पहिलोपटक दुई महिला क्याबेनिट मन्त्री हुने भएका छन्।

प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले सोमबार मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो।

उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए।

अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन्।

मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको हो।

२३ माघ, २०७९, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।