बागमती प्रदेश सभा बैठक बस्दै

बागमती प्रदेश सभा बैठक बस्दै

काठमाडौं: बागमती प्रदेश सभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ। बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए।

प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादी पार्टीका सात, राप्रपाका १३, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन्।

२२ माघ, २०७९, १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।