अब अन्तरबैंक एटीएम प्रयाेग गर्दा पैसा लाग्ने, राष्ट्र बैंकले हटायो मासिक दुई कारोबार निःशुल्क हुने व्यवस्था

अब अन्तरबैंक एटीएम प्रयाेग गर्दा पैसा लाग्ने, राष्ट्र बैंकले हटायो मासिक दुई कारोबार निःशुल्क हुने व्यवस्था

काठमाडौंः नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयाेगमा मासिक दुई कारोबार निःशुल्क हुने यसअघिकाे व्यवस्था हटाएको छ। यसकाे अर्थ अब अन्तरबैंक एटीएम प्रयाेग गर्दा पैसा लाग्ने भएकाे छ।

यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने व्यवस्था रहेकाे थियाे।

बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै अन्तरबैंक एटीएम शुल्क भने घटाएको छ।

जसअनुसार एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो। 

अब एक बैंककाे एटीएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा प्रति कारोबार बढीमा रू १५ सम्म शुल्क लिन सकिने जनाइएको छ।

यसअघि दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू २० सम्म शुल्क लिन सकिने व्यवस्था रहेकाे थियो।

१७ माघ, २०७९, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।