बहुदरमाईले मधेश विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

बहुदरमाईले मधेश विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौं: मधेश विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ। बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासँग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए।

उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ।

बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेश विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध गराउने सहमति भएको सो नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए।

यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए।

१० माघ, २०७९, १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।