राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा रूपक प्रथम, नूर दोस्रो

काठमाडौं : किरातेश्वर संगीताश्रमले आयोजना गरेको राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा बेला बजाउने रूपक महर्जन प्रथम भएका छन्। २९ औँ राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा नूर श्रेष्ठ दोस्रो भइन्।
उनले इशराज बजाएकी थिइन्। सोही प्रतियोगितामा बेला बजाएर सौम्य सिंह तेस्रो भएकी थिइन् भने आहाना महर्जनले सान्त्वना पुरस्कार पाइन्।
शास्त्रीय सङ्गीतलाई फैलाउन किरातेश्वर संगीताश्रमले हरेक वर्ष विभिन्न प्रतियोगिता र कार्यक्रम आयोजना गर्ने गरेको छ।
८ माघ, २०७९, १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।