'गृहमन्त्रीले भन्दैमा निर्मलाको हत्यारा भेटिन सक्दैन'

'गृहमन्त्रीले भन्दैमा निर्मलाको हत्यारा भेटिन सक्दैन'

काठमाडौँ : किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाबारे निरन्तर अनुसन्धान गरिरहेका पत्रकार उमेश श्रेष्ठले सो घटनाका आरोपीबारे  प्रहरीसँग प्रमाण रहेको दाबी गरेका छन्। उकेरासँगको विशेष संवादमा उनले भने' यो घटनाको मुख्य आरोपी को हो भन्ने प्रमाण प्रहरीसँग छ। चाहने हो भने अदालतमा लगेर न्यायिक परीक्षण गर्न सक्छन्।'

राजनीतिक र सामाजिक स्वार्थका कारण गिजोलिँदा सो घटनाको अनुसन्धान जटिल बनेको र अहिले पनि जोखिम भने रहेको उनले बताए। निर्मला घटनाबारे पुस्तक समेत लेखिरहेका श्रेष्ठले भने' प्रधानमन्त्री या गृहमन्त्रीले दाबी गर्दैमा निर्मला घटनाको अनुसन्धान सुल्झन सक्दैन। प्रमाण प्रहरीसँगै छ। तर अदालतसम्म लैजान अझैँ जोखिम देख्छु म।'

श्रेष्ठले सो घटनाबारे निरन्तर अनुसन्धान गरेर ३० वटा सिरिज लेखेका थिए। आफ्नो अनुसन्धानको आधारमा प्रहरी प्रमाणहीन अवस्थामा नरहेको तर जे प्रमाण छ त्यसैको आधारमा अदालतमा लगेर न्यायिक परीक्षण गर्न सो क्षेत्रका स्थानीयहरूलाई विश्वासमा लिनुपर्ने उनले बताए।

बाँकी भिडियो संवादमा ।

१४ पुस, २०७९, २३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।