आफ्नै निर्णयमा तीन महिना पनि टिकेनन् भुवन केसी, यी दुई नियम परिवर्तन

आफ्नै निर्णयमा तीन महिना पनि टिकेनन् भुवन केसी, यी दुई नियम परिवर्तन

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी आफ्नै निर्णयमा तीन महिना पनि टिक्न सकेनन्।

असोजदेखि लागू गर्नेगरी नियम संशोध गरेका बोर्ड अध्यक्ष भुवन केसी आफ्नै निर्णयमा तीन महिना पनि टिक्न नसकेका हुन्।

गत असोजमा बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम लगाएको बोर्डले पुस ११ गते बैठक बसेर त्यस्तो नियम हटाएको हो।

यस्तै बोर्डको उक्त बैठकले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर)का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति ४ दिनअगावै दरखास्त पेश गर्नुपर्ने निर्णय पनि गरेको छ।

यसअघि असोजमा चलचित्र प्रदर्शन गनुभन्दा कम्तीमा ७ दिनअगावै दरखास्त पेश गर्नुपर्ने नियम ल्याइएको थियो।

असोजमा चलचित्र ‘प्रेमगीत ३’ लाग्ने भएपछि नियम लगाइएको र चलचित्र प्रदर्शन भइसकेपछि नियम हटाइएको भन्दै अहिले बोर्ड अध्यक्ष भुवन केसीको आलोचना पनि भइरहेको छ।

पुष १२, २०७९ मंगलबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।